के तपाईं मणी नेपाली पनेरु सङ्ग परीचित हुन चाहनुहुन्छ?

उहाँको सङ्क्षिप्त जीवन र समाज सेवा सम्बन्धी पावर पोइन्ट प्रिजेन्टेसनको लागि



Got a question or comment?

Name:


Email:


Question/Comment:
© 2017 Elect Mani Campaign. All rights reserved.
5550 Central Ave, #19, El Cerrito, CA 94530
email: electvp17@gmail.com | call: 510-323-6802



Cn

म नेपाल विश्व सहयोग संघ (एन ए जि सि ) को अन्तरराष्ट्रिय अधक्ष हुँदा हुँदै पनि किन अमेरिकाको नेपालीहरुहरुको मात्र प्रतिनिधितित्व गर्ने एन आर एन एन सि सि अमेरिका को छेत्रीय उपाधक्ष पदमा उम्मेदवारी दिनु भएको भनेर मलाई मायाँ गर्ने मित्रहरुले सप्रेम सोधे। सो प्रश्नको समेत सम्बोधन गर्दै यो फेस बुक पोस्ट गर्दै छु। हाम्रो सिद्दान्त “विस्वव्यापी रुपमा सोचौँ र स्थानिय रुपमा काम गरौँ “ लाई चरितार्थ गर्न मैले उम्मेदवारी दिएको हुँ। म अमेरिकाको क्यालिफोर्निया राज्यमा एक सुन्दर, सुखी र आशिषित  परिवार सङ्ग बस्दछु र यहाँका अधिकांश संघ संस्थाहरु मार्फत मैले स्थानिय रुपमा धेरै समय र साधन श्रोतको लगानी गरेको छु र अमेरिकाका बिभिन्न संघ संस्थाहरु सङ्ग सम्बन्ध राखेको छु र सहकार्य गरेको छु। हामीले काम स्थानिय रुपमा नै गर्न पर्ने हुन्छ। हाल अमेरिकाको राजनैतीक परिवर्तन सङ्गै देखा परेका असहज परिस्थितीलाई सम्बोधन गर्न मैले एन आर एन मार्फत नेपाली एकतालाई टेवा पुर्याउन यो उम्मेदवारी दिएको हुँ र मलाई विश्वास छ मलाई तपाईंहरुको अमुल्य समर्थन प्राप्त हुने छ। मेरो विजय पस्चात मैले गर्ने सत्प्रयास वारे प्रकाश पार्न निम्न प्रारम्भिक प्रतिवद्दताहरु प्रकाशित् गरेको छु। सबै प्रियहरु सङ्ग सल्लाह सुझाव र सहयोगको अपेक्षा राखेको छु। 

मेरा प्रतिवद्दताहरु
१.       राजनैतीक, धार्मिक, जातियता र क्षेत्रियता, लगायत सम्पूर्ण मतभेद  भन्दा माथि उठेर मन बचन् र कर्मलेअमेरिकामा  रहेका सम्म्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने छु

२.     युवा, विद्यार्थी, महिला तथा अन्य वर्गहरुको लागि छुट्टा छुट्टै प्रतिनिधिमूलक  कार्यदलहरु गठन गरीसमस्याहरु सङ्ग जुध्न , नेपाली समुदायको सबलीकरण गर्न,   र नेपाल र नेपाल र नेपालीको सर्वाङ्गिण उन्नतीकालागि, लागि पर्नेछु ।
३.     पस्चीमी अमेरिकामा एक अधिकार सम्पन्न लघु राजदूतावास   अथवा महा वाणिज्य दूतावासको स्थापना गर्नसम्बन्धित सम्पूर्ण निकायहरु सङ्ग सहकार्य गर्ने छु ।
४.     टेक्सास राज्यको नेपालीहरुको घनावस्ती र जागरुकताको सम्मान गर्दै उपयुक्त स्थानमा चार्टर स्कूल स्थापनागर्न अमेरिकी सरकार सङ्ग पहल गर्ने छु।
५.     NRN NCC USA को हात बलियो बनाउन तथा जनवाजको सम्मान गर्न अमेरिकामा नेपालीहरुको लागिकार्यरत बिभिन्न राजनैतीक, जातिय, आर्थिक एवम अन्य नन प्रफिट संस्थाहरुको निर्वाचन मार्फत एन आर एनकङ्रेस बनाउन सम्पूर्ण तप्कामा लबी गर्ने छु।

६.     अमेरिकामा धेरै बर्ष देखी सेवारत छेत्रीय र राष्ट्रिय संस्थाहरु ए एन ए, ए एन एस्, नासा , अन्मा , वानालगायतका महत्वपूर्ण महासंघहरुको प्रतिनिधि सहित एन आर एन एन सि सि यु एस् को एक उच्च स्तरियअधिकार सम्पन्न  निकायको स्थापना गर्न पहल गर्ने छु।

७.     नेपालीहरुको घना बस्ती भएका न्यु योर्क टेक्सास र क्यालिफोर्निया लगायत का राज्यहरु बाट अन्य अल्पसँख्यक समुदायहरु सङ्ग समेत् गठबन्धन गर्दै अमेरिकाका स्ठानिय सरकारमा नेपालीहरुको प्रतिनिधित्व गर्नगराउन लागि पर्ने छु।

८.     नेपालबाट अमेरिका आउन चाहेका नेपालीहरुको लागि आवश्यक जानकारी, तालिम दिन तथा अमेरिका पुगेपछी ट्राजिसन गर्न स्थापित हुन नेपाल स्थित आ ई सि सि सचिवालय तथा एन आर एन एन सि सि यु एस् ए कार्यालय सँग  सङ्ग सवन्वय गरी सम्बन्धित राज्यराज्यका च्याप्टर, पदाधिकारी तथा सदस्यहरुलाई परिचालन् गर्ने छु।

९. माथिका  बुँदाहरु प्रारम्भिक खाका मात्र हुन। बिस्त्रित घोषणापत्र निकट भविष्यमा प्राकाशित् गर्ने छु।





मणी नेपाली पनेरु
उम्मेदवार उपाधक्ष


Click here to add text.
उम्मेदवार मणी नेपाली पनेरुका चुनावी प्रतिवद्दताहरु