के तपाईं मणी नेपाली पनेरु सङ्ग परीचित हुन चाहनुहुन्छ? 

उहाँको सङ्क्षिप्त जीवन र समाज सेवा सम्बन्धी पावर पोइन्ट प्रिजेन्टेसनको लागि 



Got a question or comment? 

Name:


Email:


Question/Comment:
         एन आर एन लाई सबल र फलदायी बनाउन  योग्य उुमेदवारलाई जिताऔँ 
© 2017 Elect Mani Campaign. All rights reserved. 
Home
About
Products
Contact
Testimonials
helpugc

4725 Fall Ave, Richmond, CA 94804
email: electvp17@gmail.com | call: 510-323-6802
maninepali@yahoo.com 
“आप्रवासन सम्बन्धमा अमेरिकाको वर्तमान अन्योलपूर्ण  अवस्थालाई मध्य नजर गर्दा NRNA  मार्फत नेपाली एकतालाई टेवा पुर्याउनु अपरिहार्य भएको छ। यो संस्थालाई जनप्रिय र उपयोगी बनाउनु हामी सबैको लागि फलदायी हुनेमा दुई मत छैन।“ भन्दै  आसन्न NRN NCC USA को क्षेत्रिय उपाधक्ष पदमा उम्मेदवारी दिने मणी नेपाली पनेरुलाई धेरै ठाउँमा सेवक मणी पनेरु भनेर पनि चिन्छन।। मणी नेपाली पनेरु को जन्म सन १९६३ जुन ६ का दिन गोर्खा जिल्लाको सौरपानी भुवानेमा भएको हो। उहाँका पिता गंगाधर पनेरु तथा माता डिल कुमारी पनेरु हुनुहुन्छ। उहाँ हाल आफ्नी धर्मपत्नी हेमा पनेरु ( Nepalses Association of Northern California NANC कि उपाधक्ष) तथा ४  छोरा छोरीहरु सपना, महिमा, एलिजा र अभिशेक  सङ्ग क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे   एरियामा बस्नु हुन्छ।
सौरपानीको श्री हिमालय उच्च, आरुघाट स्थित श्री भिमोदय उच्च मावी, काठमान्डौको परोपकार आदर्श हाइ स्कूल (हाल उच्च मावी) बुढानिलकण्ठ स्कूल, गोदावरी टौखेल स्थित    किटिनी हाइ स्कूल, नेपाल स्थित  त्रिभुवन विश्व विध्यालय तथा क्यालिफ्रोर्निया अमेरिकाको ब्र्यान्डम्यान युनिभर्सिटीमा अध्ययन गर्नु भएको थियो। उहाँ एम ए, एम एड हुनाका साथै क्यालिफोर्नियामा हाइली क्वालीफाइड् टिचर हुनु हुन्छ भने आप्रवासन सम्बन्धी ल फर्ममा पनि काम गर्नु हुन्छ।  
उहाँ २०३६ सालको आन्दोलनमा विध्यालय स्तरबाट नेत्रित्व पँक्तिमा रही जेलमा समेत पर्नु भएको थियो। उहाँले सुर्य ज्योति हाइ स्कूलमा ताकु गोर्खा, परोपकार हाइ स्कूल, जौबारी गोर्खा, एभ्रेस्ट बोर्डिङ स्कूलको शिक्षक हुनाका साथै, काठमान्डौको सानेपा स्थित नाजरथ स्कूल, गोर्खाको च्याङ्ली स्थित स्वप्नकुन्ज बोर्डिङ स्कूलको प्रिन्सिपल, युनिक एकेडेमी चितवनको भाईस प्रिन्सिपल, ओल्ड क्यापिटल हाइ स्कूल गोर्खाको असिस्टेन्ट प्रिन्सिपल, नाइटिङ्गेल इन्टर्न्यासनल स्कूलको एडुकेसन कन्सल्टेन्ट, होलिल्यान्ड इन्टर्न्यासन्ल बानेश्वर काठमान्डौको कार्य वाहक प्रिन्सिपल तथा नयाँ वानेस्वर स्थित  नोबेल एकेडेमिको विध्यालय प्रमुखको रुपमा सेवा पुर्याउनु भएको छ।  
उहाँले सन १९७६ मा पहिलो एकल चित्रकला प्रदर्शन गरी नेपालको पहिलो एकल प्रदर्शन गर्ने बाल कलाकार बन्नु भएको थियो। २०३५ देखी २०३७ सम्म उहाँ विध्यार्थीको हैसियतले नेपालमा लोकतन्त्र स्थापना गर्न सकृय हुनुहुन्थ्यो। उहाँ प्रान्जल नामक साहित्यिक पत्रीकाको अतिथी सम्पादक,गोर्खामा स्थापित पृथ्वी साँस्कृतिक  परिवारको सह संस्थापक, नेपाल सुकुम्वासी बेरोजगार समाजको महासचिव तथा नेपालको अत्यन्त सफल राष्ट्रिय स्तरको संस्था उन्नतिशिल नेपाली समाजको संस्थापक अधक्ष्यको हैसियतले नेपाली समाजलाई गुन लाउनु भएको छ।
सन २००३ मा जापान सरकारको परराष्ट्र मन्त्रालयको साँस्कृतिक आदान प्रदान कार्यक्रम अन्तरगत नेपाली टोलिको नेताको रुपमा जापान भ्रमण गर्नु भएको थियो भने सोही साल संयुक्त आधिराज्यको प्रिन्सिपलहरुको संस्थाको सम्मेलनमा अन्तरराष्ट्रिय अतिथिको रुपमा सो मुलुकको भ्रमण गर्नु भएको थियो। सो सम्मेलनमा सहभागी हुने पनेरु नेपालको पहिलो व्यक्ती हुनुहुन्छ। सोही अवसरमा पनेरुले लण्डनमा  आफ्नो एकल चित्रकला प्रदर्शन पनि गर्नु भएको थियो। सन २००६ मा ज्ञान पंथ तथा राजेन थापा सँग सहकार्य गर्दी पश्चिम तटको पहिलो नेपाली लायन्स क्लब, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको  स्थापना गरी चार्टर सेक्रेटेरिको हैसियतले  यो क्लबको बिकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँ लायन्स इन्टरन्यास्नल डिस्ट्रिक्क्ट 4C3 को जोन चिअर तथा सर्टिफाइड् गाइडिङ लायनको हैसियतले सेवा पुर्याउनु भएको छ।उहाँ नेपाल विश्व सहयोग संघ NAGC को संस्थापक तथा अन्तरराष्ट्रिय अधक्षको रुपमा परिचित हुनुहुन्छ।
नेपाली एकताको पक्षधर हामीहरुले सबै राजनिती, धर्म, भाषा, जातियता र क्षेत्रियता  भन्दा माथि उठेर उहाँलाई सहयोग गर्नु हाम्रो कर्तव्य हुन आउँछ। उहाँको समाज सेवाको लामो ईतिहास, फलदायी अनुभव र बहुमुखी योग्यता तथा देशभक्तीको  अकुट भावनाको सम्मान गर्दै उहाँको उम्मेदवारीलाई समर्थन गर्न हामी सबैलाई  हार्दिक अनुरोध गर्दछौँ।      

मणी नेपाली पनेरु जिताऔँ अभियान, प्रचार समिती  

                              www.electmani17.com       electvp17@gmail.com




      NRN NCC USA का योग्य उम्मेदवार मणी नेपाली पनेरुलाई 
अत्याधिक बहुमतले बिजयी गराऔँ
Cn